गौरीफन्टा नाका आज दिउँसो एक बजेसम्म बन्द रहने
धनगढीः गौरीफन्टा नाका आज दिउँसो एक बजेसम्म बन्द रहने भएको छ। भारतीय सीमा सुरक्षा बलले दिउँसो एक बजेसम्म नाकामा आवागमन पूर्णरुपमा बन्द गरेको छ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चन्दनचौकी आउने कार्यक्रम रहेकाले गोरीफन्टा नाका बिहानैदेखि सिल गरिएको भारतीय पक्षले जनाएको छ।
मुख्यमन्त्री योगीको सुरक्षालाई मध्यनजर राखेर भारतीय सुरक्षा निकायले गौरीफन्टा नाकामा आवागमन पूर्णरुपमा बन्द गरेको हो।
मुख्यमन्त्री योगी बिहान ११ बजे चन्दनचौकी पुग्ने कार्यक्रम छ। उनले त्यहाँबाट ९० वर्षभन्दा अगाडिदेखि जग्गा भोगचलन गर्दै आएका आफ्ना नागरिकलाई भूमिहक प्रदान गर्ने घोषणा गर्ने बताइएको छ। योगी फर्किएकपछि मात्रै नाका सूचारू हुने बताइएको छ।