चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ
२०८२ चैत्र २८, ०७:४४
धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
चोरी मुद्दामा २५ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने २४ वर्षीय सुरेश नेपाली पक्राउ परेका हुन्। नेपालीलाई इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस