धनगढीमा ब्राउनसुगर र स्पास ट्याब्लेटसहित ३ जना पक्राउ
२०८२ चैत्र २८, ०७:३४
धनगढीः धनगढीमा ब्राउनसुगर र स्पास ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ गणेश मन्दिर नजिकैबाट १३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र ६ ट्याब्लेट स्पास नामक लागुऔषधसहित सोही उपमहानगरपालिका–२ बस्ने २१ वर्षीय अविशेक शर्मासहित ३ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस