धनगढीका सामुदायिक स्कुलको नतिजामा क्रमिक सुधार, २०७९ मा ९ प्रतिशतबाट ०८२ मा ५० प्रतिशत पुग्यो
धनगढीः धनगढीमा कक्षा ८ को परीक्षाको वार्षिक परीक्षामा सामुदायिक विद्यालयमा ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
धनगढी उपमहानगरपालिकाले लिएको वार्षिक परीक्षाको नतिजामा सामुदायिक विद्यालयको नतिजा उल्लेख्य रुपमा सुधार भएको छ।
२०७९ सालमा सामुदायिक विद्यालयको नतिजा ९.४७ प्रतिशत रहेको थियो भने, २०८० सालमा ३०.७९ प्रतिशत, २०८१ सालमा ४२.१६ रहेको सामुदायीक विद्यालयको नतिजा हाल आएर ५० प्रतिशत भन्दा बढी पुगेको हो।
सामुदायिक विद्यालयबाट २०८२ सालमा ४३ सामुदायिक विद्यालयका २ हजार ५४३ जना परीक्षामा सहभागी भएका थिए। सहभागी मध्ये १ हजार २७३ जना उत्तीर्ण भएका छन्।