सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय सेवा, दलित र जनस्वास्थ्य ऐन संशोधन हुँदै

२०८२ चैत्र २७, ०६:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सभा बैठकले स्थानीय सेवा, दलित र जनस्वास्थ्य ऐन संशोधन गर्ने बाटो खोलेको छ ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक टेवुल गरेका छन्। यस्तै, गरेर उनले दलित शसक्तिकरण ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक पनि पेश गरेका थिए। सो विद्येयकलाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।

सो विधेयकमा परेका संशोधनबारे पनि समितिमा छलफल हुने बताइएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन विधेयक २०८२ को प्रतिवेदन प्रदेश सभामा पेश भएको छ ।
विधेयन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले सो प्रतिवेदन समितिमा दफावार छलफलपछि प्रदेशमा पेश गरेका हुन्। 

सो विधेयक प्रदेश सभामा छलफल भएपछि पारित हुने प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बताए। प्रदेश सभाको अर्को बैठक चैत २७ गते बस्ने सभामुख भीमबहादुर भण्डारीले बताए। 
 

कमेन्ट लोड गर्नुस