गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु भएको छ।
अत्तरिया–धनगढी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई बुधवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय ओम प्रकाश मल्लको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।