धनगढीका एक जना लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीको धनगढीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–८ मोति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम ३७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–७ बस्ने २५ वर्षीय मुकेश रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। रानालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।