सुदूर नेपाललाई विश्वसँग जोड्दै

 बैतडीको पाटन नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउने

२०८२ चैत्र २४, ०४:३१ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ उपलब्ध गराउने भएको छ । 

संघीय सशर्त अनुदानतर्फ खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराइने नगरपालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ । 

५० प्रतिशत अनुदानमा धानको बीउ चाहिने किसानहरुका लागि नगरपालिकाले आगामी वैशाख ४ गतेसम्म निवेदन दिन सक्ने जनाएको छ । इच्छुक किसान, कृषि फर्म,कृषि सहकारी संस्था, कृषि समूह लगायतलाई वडा कार्यालय वा नगरपालिकाको कृषि शाखामा निवेदन पेश गर्न आग्रह गरिएको छ । 

निवेदन पेश गर्दा कृषि फर्म, कृषि समूह, कृषि सहकारी संस्थाहरुको हकमा नियमानुसार दर्ता र नवीकरण भएको हुनुपर्ने उल्लेख गरिएको छ । 

कमेन्ट लोड गर्नुस