सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढिगंगा नदीको कटानले बाजुरा र अछाममा खेतीयोग्य जमिन मासिदैँ, दर्जनौ बस्ती जोखिममा

२०७६ भदौ ८, १२:३३ प्रकाश सिंह

बाजुरा र अछाममा बुढिगंगा नदीको कटानले खेतीयोग्य जमिन मासिदै गएको छ। वर्षातमा नदीले निरन्तर कटान गर्न थालेपछि दुवै जिल्लाका दर्जनौँ बस्ती समेत नदीको जोखिममा परेका छन्। बुढिगंगा नगरपालिका वडा नम्बर १ अमकोटमा एक सय ७ परिवारको खेती योग्य जमिन नदीले कटान गरेको स्थानिय हिरा प्रसाद पाध्ययाले बताए।

उनले भने, ‘मेरो पनि १९ मुरी धान फल्ने खेत बगाएको छ, घर पनि जोखिममा परेपछि लकेतीर साई सरेको हुँ।’ नदीले खेत नै कटान गरेपछि खाद्यान्नको अभाव हुन थालेको उनले गुनासो गरे। बडिमालिका नगरपालिका वडा नम्बर २ पानि नाउँलाका २५ परिवारको जग्गा नदीले कटान गरेको स्थानिय धन बढुवालले वताए।

हरेक वर्ष नदीले खेत कटान गर्दै आएकोमा यो वर्ष पनि खेतीयोग्य पुरै जमिन बगाएको उनले जनाए। त्यस्तै त्रिवेणी नगरपालिका ३ वटा वडा र बुढिगंगा नगरपालिका ३ वडाको खेतियोग्य जमिन नदी कटानको जोखिममा रहेको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले वताएका छन्।

नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, बार्जुगाडा, मौर लगायत बजार पनि उच्च जोखिममा रहेको नगर प्रमुख शाहले वताए बुढिगंगा नदीले अछाम जिल्लामा पनि खेतीयोग्य जमिन कटान गदै आएको साँफेबगर नगरपालिका २ का कमल साउँदले वताएका छन्।

साँफेबगर नगरपालिकाको बुढाबगर, ठाँटि, साँफे र कालिमाटिमा खेतियोग्य जमिन कटान गर्दै आएको छ। जग्गा कटान गर्दै आएपछि बस्ती समेत जोखिममा रहेको स्थानियले वताएका छन्। बुढिगंगा नदीले अछाममा रहेको धार्मिक स्थल बैजनाथ क्षेत्रको केही भुभाग पनि कटान गर्दै आएको छ।  

मन्दिर समेत जोखिममा परेको छ। यस्तै वर्षेनी कटान हुदै जान थालेपछि साँफे मार्तडी सडक समेत जोखिममा परेको छ। नदीको कटानका कारण धेरै ठाउँमा पहिरो गएपछि जोखिम बढेको स्थानीयले बताएका छन्। धेरै ठाँउमा नदिले सड्क कटान गदै जाँदा सड्क नै जोखिममा रहेको छ। अछामको साँफे देखी बाजुराको मार्तडी सम्म ५७ किलोमिटर  सडक रहेको छ। 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस