कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
धनगढीः कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरको गौरीगंगा पुल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ५९२९ नम्बरको स्कुटर अनियन्त्रित भई आईतवार राति दुर्घटना हुँदा स्कुटर चालक घोडाघोडी नगरपालिका–८ आमखैया बस्ने बर्ष २३ वर्षीय रोशन चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।