सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो, तोलाको ७२ हजार ५ सय रुपैयाँ

२०७६ भदौ ८, ११:३३ खबर संवाददाता

सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ। सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड बनाएको हो। अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तराष्ट्रिय भाउमा नै भाउ महंगो भएको हो।

यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ। चाँदी पनि आइतबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस