सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीमा गोठमा आगलागी, करिब २ लाख बराबरको क्षति

२०८२ चैत्र २२, १०:२९ खबर संवाददाता

कैलालीः घोडाघोडी नगरपालिका–३ निम्दि क्षेत्रमा आगलागी हुँदा एक गोठमा क्षति भएको छ। स्थानीय दान बहादुर चौधरीको गोठमा लागेको आगोले गोठभित्र रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन्।

आगलागीबाट गोठसहित आलु, धान काट्ने रिफर, साइकल, त्रिपाल लगायतका सामानहरू जलेर करिब रु. १ लाख ७३ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ। स्थानीयवासी, प्रहरी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस