वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आज २५औँ स्थापना दिवस
२०८२ चैत्र २२, १०:२६
धनगढी: सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले आज आफ्नो २५औँ स्थापना दिवस मनाउने भएको छ। सशस्त्रका आइजिपी राजु अर्यालको प्रमुख आथित्यतामा बाहिनी परिवारले वार्षिकोत्सब मनाउन लागेको हो।
यस अगाडि केही दिनदेखि वार्षिकोत्सबको पूर्वसन्ध्यामा बाहिनीले विविध सामाजिक तथा जनहितका कार्यक्रम गरेको थियो। आज पनि बाहिनीले विभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाउने जनाइएको छ। सो कार्यक्रमका लागि आइजिपी अर्याल हिजै धनगढी पुगिसकेका छन्।
कमेन्ट लोड गर्नुस