कैलालीमा गोठमा आगलागी, साढे ३ लाखकाे क्षति
कैलाली: घोडाघोडी नगरपालिका–८ आमफाटा क्षेत्रमा आगलागी हुँदा एक गोठमा ठूलो क्षति भएको छ। स्थानीय नेत्र कुमालको कच्ची गोठमा लागेको आगोले गोठभित्र रहेका ४ वटा खसीबाख्रा जलेर मरेका छन्।
आगलागीबाट गोठसहित त्यहाँ राखिएका मोटरसाइकल, साइकल लगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु. ३ लाख ५८ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। स्थानीयवासी, प्रहरी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।