सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ९ जना जुवाडे पक्राउ

२०८२ चैत्र २२, १०:१९ खबर संवाददाता

कैलालीः टिकापुर नगरपालिका–१ नयाँ टिकापुरस्थित एक खाजा–नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बेलुकी इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ४३ वर्षीय लाल बहादुर थापाले सञ्चालन गरेको पसलको कोठाभित्र जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारिएको थियो। उक्त क्रममा थापा सहित ९ जनालाई नगद रु. ७७ हजार ७३५ र ३ गड्डी ताससहित पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस