टीकापुरका २ जना लागूऔषधसहित पक्राउ
२०८२ चैत्र २१, ०७:४७
धनगढीः कैलालीको टीकापुरका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–८ अनरुवाबाट ७८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने १९ वर्षीय रोहन विक र २० वर्षीय उत्तम साउदलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस