सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु

२०७६ भदौ ७, ०५:४८ खबर संवाददाता

बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बुढीगङ्गा नगरपालिका वडा नम्बर १० बधेडामा गएराति १ बजेको समयमा चट्याङ लागेर लली सार्कीकी दुई वर्षीया छोरी सिरियाको मृत्यु भएको हो।  स्थानीय रमेश सार्कीका अनुसार घरमा परेको चट्याङले लागेर बालिकाको मृत्यु भएको हो भने उनकी आमा दीला सार्की अचेत रहेकी छन्। चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति समेत पुगेको छ। तर क्षतीको विवरण आई नसकेको बाजुरा प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस