प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन, अब ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’
काठमाडौँः सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (PMEP) को नाम परिवर्तन गरी ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (NEPP)’ राखेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।
मन्त्रालयअन्तर्गतको सूचना प्रविधि तथा तथ्याङ्क शाखाले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई पत्राचार गर्दै कार्यक्रमको नाम परिवर्तन भएको जानकारी दिएको छ। नामसँगै कार्यक्रमसँग सम्बन्धित आधिकारिक वेबसाइट र ईमेल ठेगानाहरू पनि अद्यावधिक गरिएको जनाइएको छ।
अब कार्यक्रमको मुख्य वेबसाइट nepp.gov.np रहनेछ भने रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) का लागि emis.nepp.gov.np प्रयोग गरिनेछ।
त्यसैगरी, विद्युतीय पत्राचारका लागि [email protected] र [email protected] ईमेल ठेगाना प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ।
सरकारले रोजगारी सिर्जना तथा प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो परिवर्तन गरेको बुझिएको छ