सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन

२०८२ चैत्र १९, ०३:४६ खबर संवाददाता

काठमाडौँः नेकपाका नेता वर्षमान पुनले राष्ट्र निर्माणको अभियानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सामाजिक न्याय र रूपान्तरणका मुद्दामा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, लोकतन्त्र, गणतन्त्र र समावेशिताका आधारभूत मूल्यहरूमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

पुनले हालैको निर्वाचनबाट आएको जनमतलाई स्वीकार गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा सरकारलाई सघाउने बताए। उनले २०६४ सालको निर्वाचन सम्झँदै त्यतिबेला आफूहरूले पनि अहिले रास्वपाले जस्तै जनसमर्थन पाएको उल्लेख गरे।

उनले विगतमा प्राप्त दुई तिहाइ बहुमतको सही उपयोग गर्न नसकिएको स्वीकार गर्दै वर्तमान सन्दर्भमा सबै पक्षले सचेत र जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए।

कमेन्ट लोड गर्नुस