सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस रुपान्तरण भइसक्योः भीष्मराज आङ्देम्बे

२०८२ चैत्र १९, ०३:२० खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसका सांसद भीष्मराज आङ्देम्बेले पार्टीभित्र उठेको ‘जेनजी विद्रोह’ का मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै परिवर्तनलाई साथ दिने र आवश्यक खबरदारी गर्ने बताए। उनले परिवर्तनको आवाजलाई आत्मसात् गर्दै विशेष महाधिवेशनमार्फत विभिन्न दृष्टिकोणहरू पारित गरिएको स्मरण गरे।

आङ्देम्बेले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा पार्टी नयाँ चरणको रूपान्तरणमा प्रवेश गरेको उल्लेख गरे। उनका अनुसार काँग्रेस अब बदलिएको समय र समाजअनुसार आफूलाई रूपान्तरण गर्दै अघि बढ्ने दिशामा अघि बढिसकेको छ।

कमेन्ट लोड गर्नुस