धनगढीबाट ८ जना जुवाडे नगदसहित पक्राउ
२०८२ चैत्र १९, ०७:४१
धनगढीः धनगढीबाट ८ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ बाट सोही उपमहानगरपालिका–४ बस्ने ६७ वर्षीय पुष्प राज पन्तसहित ८ जनालाई जुवातास खेलिरहेको वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १७० र २ गड्डी ताससहित पक्राउ गरेको जनाएके छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस