सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सुत्केरी महिलाको मृत्यु

२०७६ भदौ ७, ०३:२८ खबर संवाददाता

बाजुरामा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको मार्तडीस्थित जिल्ला अस्पतालमा बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ।  शुक्रबार साँझ सुत्केरी व्यथाले लागेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए। 

अस्पताल पुगेलगत्तै डाक्टरले प्रसूति कक्षमा लगेर वसन्तीको उपचार गरिरहेका थिए। शनिबार बिहान उनले मृत अवस्थाको बच्चा जन्माएकी थिइन्। सुत्केरी महिलाको शरीरबाट अत्यधिक मात्रामा रगत बगेको डाक्टर दुर्गाराज महर्जनले बताए।  

गत २६ साउनमा अस्पतालमा डाक्टरले उनको अवस्थाबारे बुझेपछि २ भदौमा सुत्केरी गराउनका ल्याउनुपर्ने सल्लाह दिए पनि आफन्तले उनलाई ६ भदौमा अस्पताल पु¥याएको उनले बताए। उता आफन्तले भने डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन्। 

कमेन्ट लोड गर्नुस