सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पहिरो पीडितलाई एनआरएनए युगान्डाको सहयोग

२०७६ भदौ ७, ०१:४० खबर संवाददाता

गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर सहयोग गरेको छ। गाउँपालिकामार्फत एक हजार अमेरिकी डलर नगद सहयोग एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरी शनिबार पठाइएको हो।

एनआरएनए युगान्डाका नवनिर्वा्चित अध्यक्ष बिनोद थापाले बिपत्तिमा परेका विपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त रकम सहयोग बाँडिने जानकारी दिए। संघका अन्तराष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै उक्त रकम सत्यवती गाउँपालिकामा यथाशीघ्र पठाउने बताए।
 

कमेन्ट लोड गर्नुस