सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कवर्डहलको निर्माण अलपत्र

२०७६ भदौ ७, १२:०७ प्रकाश सिंह

बाजुराको मार्तडीमा रहेको कवर्डहलको निर्माण अलपत्र परेको छ। ठेकेदार, खेलकुद विकास समिति र नगपालिकाको चरम लापरवाहीले निर्माण अलपत्र परेको हो। कवर्डहल निर्माणका लागि आर्थिक बर्ष २०७५÷०७६ ठेक्का गरिएको थियो।

चैत महिनामा दुई वटा ठेकेदार कम्पनीले जिम्मा लिए पनी अहिले सम्म अलपत्र अबस्थामा रहेको छ। डिबि कन्ट्रक्सन एण्ड अडर सप्लायर्ससंग ५० लाख र बडिमालिका कन्ट्रक्सन एण्ड अडर सप्लार्ससंग ४० लाखमा ठेक्का सम्झौता भएको थियो। 

डिबि कन्ट्रक्सनले चैत १५ गते सम्झौता गरेको थियो भने बडिमालिका कन्ट्रक्सन चैत ८ गते काम गर्ने सम्झौता गरेको थियो। सम्झौता अनुसार असार १५ गते निर्माण सम्पन्न हुनुपर्ने हो। स्थानिय पुर्बाधार विकास कार्यक्रम अन्र्तगत सासंद लालबहादुर थापाको सासंद बिकास कोषबाट ५० लाख र राष्ट्रिय खेलकुद परिषदबाट ४० लाख बजेट बिनियोजन भएको खेलकूद विकास समितिले जनाएको छ।

पुर्वाधार विकास कार्यक्रमको झण्डै ४३ लाख बजेट खर्च हुन सकेको छैन्। बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवालले भने केही प्राबिधिक समस्या उत्पन्न भएकाले ढिलाई भएको बताए। केही दिनमा फेरी काम सुरु हुने उनले बताए। 

बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भएपनि निर्माण बीचमै छोडिदा अलपत्र परेको छ। विसं २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्षभीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेका थिए। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस