सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोठालो अभियानद्वारा ‘बेहडाबाबा’लाई विश्वसामु चिनाउने पहल

२०८२ चैत्र १७, ०२:२८ खबर संवाददाता

धनगढीः ‘जे गर्छ गोठालोले गर्छ, देशका निम्ति’ भन्ने नारासहित गोठालो अभियानले सुदूरपश्चिम क्षेत्रका धार्मिक तथा अलौकिक स्थलहरूलाई विश्वसामु परिचित गराउने उद्देश्यले नयाँ पहल सुरु गरेको छ। यस अभियानको पहिलो चरणमा ‘बेहेडाबाबा’ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

अभियानलाई सफल बनाउन सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको बताइएको छ। यसै सन्दर्भमा गोठालोले भिडियो प्रतिस्पर्धा घोषणा गरेको छ, जसअनुसार आजदेखि चैत ३० गतेसम्म सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोहरूको लाइक तथा भ्युज संख्या गणना गरिनेछ। सबैभन्दा बढी प्रतिक्रिया प्राप्त गर्ने सहभागीलाई नगद ११ हजार १११ पुरस्कार प्रदान गरिनेछ।

प्रतिस्पर्धामा सहभागी हुन भिडियोमा अनिवार्य रूपमा #jaybehedababa, #jaydesh र #jaygothalo ह्यासट्याग प्रयोग गर्नुपर्नेछ भने ‘गोठालो’लाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार, सुदूरपश्चिमबाट सुरु गरिएको यो अभियान क्रमशः सम्पूर्ण देशभर फैलाउने योजना रहेको छ। उनीहरूले यस्ता सकारात्मक तथा देशप्रेमी कार्यहरू निरन्तर अगाडि बढिरहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस