सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेदेखि सुरु भएको उक्त बैठक अझै जारी रहेको जनाइएको छ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार सुदूरपश्चिमका क्षेत्रीय समस्या र स्थानीय आवश्यकताबारे बुझ्न उनले सांसदहरूसँग संवाद गरिरहेका हुन्। यसअघि हिजो पनि प्रधानमन्त्री शाहले कर्णाली र कोशी प्रदेशका सांसदहरूसँग भेटघाट गरेका थिए।