सानेपामा काँग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
ललितपुरः नेपाली काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘ससदीय सचेतना कार्यक्रम’ आयोजना गरेको छ। आज पार्टी कार्यालय सानेपामा सुरु कार्यक्रममा सांसद्हरुलाई संसदीय अभ्यासलगायतका विषयमा अभिमुखीकरण दिइनेछ।
कार्यतालिका अनुसार पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिने तालिका रहेको मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन्। यस्तै राष्ट्रियसभामा काँग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन्।