कैलाली तेक्वान्दो संघको अध्यक्षतामा चोखाल चयन
धनगढीः नेपाल तेक्वान्दो संघअन्तर्गत सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको आयोजनामा कैलाली जिल्ला तेक्वान्दो संघको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ।
'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नारासहित आयोजित कार्यक्रम २०८२ साल चैत १४ गते कैलालीको विशालनगरस्थित होटल सोराईमा सम्पन्न भएको हो।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्द प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै, सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाही, प्रशिक्षकहरू गोविन बिष्ट र शेरबहादुर सिंह लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनले बिनय चोखालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा भुवन सार्की र महासचिवमा योगेन्द्र खोलाउला चयन भएका छन्।
त्यसैगरी, कोषाध्यक्षमा नेहा चौधरी चयन भएकी छन् भने सदस्यहरूमा कमल बहादुर ढाट, महेशराज जोशी, सुशील सिंह, कोपिला आग्री र देवेन्द्र बोहरा रहेका छन्।
कार्यक्रममा सहभागी खेलकुदकर्मी, प्रशिक्षक तथा सरोकारवालाहरूले खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि र तेक्वान्दो खेलको प्रवर्द्धनमा जोड दिएका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले सबैप्रति आभार व्यक्त गरेका छन्।