धनगढी उपमहानगरले बजार क्षेत्रबाट सामुदायिक चौपायालाई २५ औं पटक गौशालामा राख्यो
धनगढीः धनगढी उपमहानगरपालिकाले अहिलेसम्म सार्वजनिक रुपमा छोडिएका चौपायालाई एकीकृत गरेर गौशालामा राख्दै आएको छ। उपमहानगरले नगरको बजार क्षेत्रमा छोडिएका सार्वजनिक चौपायाहरुलाई नगर प्रहरीको सहयोग र सहजीकरणमा गौशालामा पुगाउँदै आएको छ।
उपमहानगरका अनुसार नगर क्षेत्रबाट २०७९ श्रावण ५ गते ८६ वटा चौपाया गौशालामा राखिएकोमा अहिलेसम्म २५ पटक सार्वजनिक चौपायालाई लगेर गौशालामा राखिएको हो।
उपमहानगरले २०७९ मा १४ पटकसम्म सार्वजनिक चौपाया एकीकृत गरेर गौशालामा राखेको जनाएको छ। यस्तै, २०८० मा चार पटक, २०८१ मा तीन पटक बजार क्षेत्रमा छोडिएका चौपाया लगेर गौशालामा राखिएको उपमहानरपालिकाले जनाएको छ। धनगढी उपमहानरले २०८२ मा भने सार्वजनिक रुपमा छोडिएका चौपायालाई पाँच पटक एकीकृत गरेर गौशालामा लगेको जनाएको छ।
नगर प्रहरीको सहयोगमा सडकमा छोडिएका चौपायालाई गौशालामा राखी स्याहार सुसार गरिँदै आएको छ।