गृहमन्त्री गुरुङको आकस्मिक अनुगमन, आफैं गाडी चलाउँदै प्रहरी कार्यालय पुगे
काठमाडौँः नवनियुक्त गृहमन्त्री सुधन गुरुङले शनिबार बिहान विभिन्न प्रहरी निकायको आकस्मिक अनुगमन गरेका छन्।
उनी आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन्। त्यसअघि उनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण गरेका थिए।
ट्राफिक कार्यालयमा करिब १० मिनेट बसेर काम प्रभावकारी बनाउन निर्देशन दिँदै उनी त्यहाँबाट निस्किएका थिए। त्यसपछि उनले ललितपुर प्रहरी परिसर पुगेर थप अनुगमन गरेका हुन्।
गृहमन्त्री बनेलगत्तै गुरुङले सुरक्षा निकायको अवस्था बुझ्न यस्तो आकस्मिक निरीक्षण थालेका हुन्।