सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन सुरु, चाबहिलबाट र्‍याली

२०८२ चैत्र १४, ०९:५७ खबर संवाददाता

काठमाडौँः नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन सुरु गरेको छ।

प्रहरीका अनुसार शनिबार बिहान करिब साढे ९ बजे चाबहिल चोकबाट विरोध र्‍याली सुरु गरिएको हो। प्रदर्शनमा एक सयभन्दा बढी कार्यकर्ता सहभागी भएका छन्।

शनिबार बिहानै भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउको विरोधमा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

यसैबीच, ओली पक्राउबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ।

कमेन्ट लोड गर्नुस