सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्री परिषद्काे निर्णय

२०८२ चैत्र १३, ०५:२४ खबर संवाददाता

काठमाडौं: बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

आजको बैठकले योसहित ४ वटा निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् सरकारले गरेका ४ निर्णयः

१.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३.शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

कमेन्ट लोड गर्नुस