सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री सुधनको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने

२०८२ चैत्र १३, ०३:३० खबर संवाददाता

काठमाडौं: नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् ।

सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दु:ख दिने काम गर्न नहुने बताए ।
‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने ।

सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।

कमेन्ट लोड गर्नुस