सुदूर नेपाललाई विश्वसँग जोड्दै

भासुमा भिरबाट लडेर एक जनाको मृत्यु

२०८२ चैत्र १३, ०३:०४ खबर संवाददाता

धनगढी: कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिना का अनुसार ४७ वर्षीय दुर्गा अर्खालीको भिरबाट लडेर ज्यान गएको हो।

अर्खाली घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजी सुरु गरेका थिए। खोजतलासका क्रममा उनी भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन्।

कमेन्ट लोड गर्नुस