सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री बालेन्द्र शाहलाई नरेन्द्र मोदीले दिए शुभकामना

२०८२ चैत्र १३, ०२:३५ खबर संवाददाता


काठमाडौँः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत शाहको नियुक्तिप्रति शुभकामना व्यक्त गरेका हुन्।

मोदीले आफ्नो सन्देशमा बालेन्द्र शाहको नेतृत्वप्रति नेपाली जनताले देखाएको विश्वासको कदर गर्दै उक्त नियुक्ति त्यसैको प्रतिविम्ब भएको उल्लेख गरेका छन्।

साथै, उनले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत र सहयोगलाई थप उचाइमा पुर्‍याउन प्रधानमन्त्री शाहसँग निकट रूपमा सहकार्य गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाह शुक्रबार नेपालका प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

कमेन्ट लोड गर्नुस