सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषदबाट अमरेश सिंह बाहिरिए: उद्योग र रक्षा मन्त्रालय बालेनकै जिम्मामा

२०८२ चैत्र १३, १२:४७ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम अन्तिम समयमा हटाइएको छ । प्रारम्भमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने चर्चा भए पनि अन्ततः सो मन्त्रालय प्रधानमन्त्रीले नै राखेका छन् ।

प्रधानमन्त्री बालेनले उद्योगसँगै रक्षा मन्त्रालय पनि आफ्नै मातहतमा राखेका छन् ।

अमरेश कुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

कमेन्ट लोड गर्नुस