‘टिम बालेन’ को सम्भावित मन्त्रिपरिषद् सार्वजनिक, नयाँ अनुहार र युवा नेतृत्वमा जोड
काठमाडौँः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह नेतृत्वको भनिएको ‘टिम बालेन’ को सम्भावित मन्त्रिपरिषद् सूची सार्वजनिक भएको छ। सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त सूचीमा युवा, प्राविधिक र नयाँ अनुहारलाई प्राथमिकता दिइएको देखिन्छ।
सूचीअनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र गृहमन्त्रीमा सुदन गुरुङ लाई राखिएको छ।
त्यसैगरी, सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ भने पर्यटन मन्त्रीमा गणेश पौडेल, उद्योग मन्त्रीमा अमरेश सिंह र भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साललाई प्रस्ताव गरिएको छ।
कृषि मन्त्रालयको जिम्मेवारी गीता चौधरीलाई दिइएको छ भने शिक्षा मन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य मन्त्रीमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादीलाई समेटिएको छ।
यसैगरी, कानुन मन्त्रालयमा सोबिता गौतम, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, सञ्चार मन्त्रालयमा विक्रम तिमिल्सिना र श्रम मन्त्रालयमा दिपक साहलाई जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
उक्त सूची आधिकारिक नभए पनि सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ। विश्लेषकहरूका अनुसार यसले वैकल्पिक नेतृत्व र नयाँ राजनीतिक अभ्यासप्रति जनचासो बढाएको संकेत गरेको छ।