सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा सरकारको मन्त्रिपरिषद् टुंगिँदै: स्वर्णिम अर्थ, शिशिर परराष्ट्रमा निश्चित

२०८२ चैत्र १३, ११:०६ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाउने क्रम तीव्र बनाएको छ ।

स्रोतका अनुसार अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र कानुन मन्त्रालयमा सोविता गौतमको नाम निश्चित भइसकेको छ । एक शीर्ष नेताले तीनै जनाको मन्त्रालयसमेत फाइनल भइसकेको र अन्य नामहरू पनि लगभग टुंगिसकेको जानकारी दिएका छन् ।

सम्भावित मन्त्रीहरूको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम तिमल्सिना, निशा मेहता, गीता चौधरी र सीता बादी लगायतका नामहरू छन् । यद्यपि, यी नामहरूको औपचारिक पुष्टि भने हुन बाँकी छ ।

मन्त्री बन्ने व्यक्तिहरूलाई सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन र सचिवालयमार्फत फोन तथा एसएमएसबाट जानकारी दिइसकेको बताइएको छ ।

प्रधानमन्त्री बालेन शाहले आज दिउँसो साढे १२ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । त्यसपछि मन्त्रीहरूको पनि शपथ ग्रहण हुनेछ ।

यसैबीच, सभामुख पदका लागि डीपी अर्यालको नाम समेत टुंगो लागेको छ ।

कमेन्ट लोड गर्नुस