सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

२०८२ चैत्र १३, ११:०० खबर संवाददाता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

संविधानको धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री बनाइएको हो । नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलोपटक हो ।

साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पनि यो ऐतिहासिक पहिलो घटना बनेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद्मा प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न सफल भएका छन् ।

कमेन्ट लोड गर्नुस