सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन्द्र शाहको सरकारमा सुधन गुरुङ गृहमन्त्री बन्ने लगभग निश्चित

२०८२ चैत्र १३, ११:०० खबर संवाददाता

काठमाडौं: बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङलाई गृहमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको छ।

कान्तिपुरले बालेन्द्रनिकट दुई अलग स्रोतसँग गरेको कुराकानीअनुसार दुवैले गुरुङको नाम गृहमन्त्रीका लागि लगभग तय भइसकेको दाबी गरेका छन्।

यसअघि गृह मन्त्रालयका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तीन नेताहरू—उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुधन गुरुङ—को चर्चा भइरहेको थियो।

गुरुङ गोरखा–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
 

कमेन्ट लोड गर्नुस