कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु
२०८२ चैत्र १३, ०९:२३
कैलाली: जिल्लाको चुरे गाउँपालिका–०५ भासु गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय दुर्गा अर्खाली रहेका छन्। उनी घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए।
बिहीबार साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजतलास सुरु गरेका थिए। खोजीका क्रममा उनी भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस