सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पाँच जना वडाध्यक्षद्धारा विषयगत समितिबाट सामूहिक राजिनामा

२०७६ भदौ ६, ०२:०० खबर संवाददाता

बाजुराको एक पालिकामा प्रमुख र उपप्रमुखले मनोमानी र एकलौटी कार्य सम्पादन गर्ने गरेको भन्दै पाँच जना वडा अध्यक्षले सामूहिक राजीनामा दिएका छन्। जिल्लाको बढिमालिका नगरपालिकाका पाँच जना वडा अध्यक्षले मनोमानी र एकलौटी रुपमा हुने निर्णयको विरोध विषयगत समितिबाट सामूहिक राजीनामा दिएका हुन्। बडिमालिका नगरपालिका २ का अध्यक्ष डम्मर महत, ३ का वीरबहादुर रावल, ४ का सुरेन्द्र नाथ, ७ का धर्मराज पाध्याय र ९ का विनोद कुमार विकले सयुक्त विज्ञप्ती सहित नगर प्रमुख पदम बडुवाललाई राजीनामा बुझाएका हुन्।

उनीहरुले कार्य पालिका चरिहेकै बेला सयुक्त विज्ञप्तीसहित नगर प्रमुख समक्ष राजीनामा पेश गरेका हुन्। राजीनामा बुझाउने पाँचै जना तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन्। तर नगर कार्यपालिकामा भने नेपाली काँग्रेसको बहुमत रहेको छ। नगर प्रमुख बढवालले एकलौटी गरेका कारण सामूहिक राजीनामा दिन बाध्य भएको वडा नम्बर ९ का अध्यक्ष विनोद कुमार विकले बताए।

यसअघि पनि एकलौटी हुने निर्णयको अध्यक्षहरुले विरोध गर्दै आएका थिए।  विज्ञप्तीमा योजना छनोट, बजेट निर्धारण, आन्तरिक योजना निर्धारण गर्दा कोठे बैठक बस्ने, घरमै सल्लाह गरेर आउने, पार्टीका नेताहरुको निर्देशनमा चल्ने प्रवृत्ति नरोकिएकोले एकलौटी सञ्चालन गर्न दिने गरि राजीनामा दिएको उल्लेख गरिएको छ।

राजीनामा पेश दिनेहरुमा वडा नम्बर ७ का अध्यक्ष श्रोत अनुमान तथा सिमा निर्धारण समितिका सदस्य, २ का अध्यक्ष डम्मर बहादुर महत नगर शिक्षा समिति सदस्य, ३ का अध्यक्ष वीरबहादुर रावल रोजगार निर्देशक समिति सदस्य, ९ का अध्यक्ष विनोद कुमार विक राजस्व परामर्श समिति सदस्य र वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र नाथ नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य रहेका थिए। नगर प्रमुख पदम बडुवालले भने आफूले निर्णयमा कुनै मनोमानी नगरेको दावी गर्दै आएका छन्।
 

 

कमेन्ट लोड गर्नुस