बालेन शाह रास्वपा संसदीय दलको नेतामा चयन
काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र (बालेन) शाह चयन भएका छन्। रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकमा सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाको संसदीय दलको नेता चयन भएसँगै बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । रास्वपाले यसअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएको थियो ।
बालेन शाहले भोलि प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम पनि तय भएको छ ।