सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेनको शपथ कार्यक्रममा शंखनाद,स्वस्ति वाचन र अष्ठमंगल पाठ गरिने

२०८२ चैत्र ११, ०५:३० खबर संवाददाता

काठमाण्डाैँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्।

शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको छ। प्रधानमन्त्रीको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिनेछ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको शपथ लिएपछि बालेन २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्नेछन्।

फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको थियो। अब रास्वपाले एकल सरकार बनाउँदैछ।

कमेन्ट लोड गर्नुस