सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेताको घरमा भेटिएको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन थापा

२०८२ चैत्र १०, ०४:५४ खबर संवाददाता

काठमाडौँ :  नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति थापाले भेटिएको पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका हुन् ।

‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ,’ सभापति थापाले भने, ‘अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको विषय मात्रै हुनुहुन्न । निष्कर्ष निकालिनुपर्छ ।’

कमेन्ट लोड गर्नुस