सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एसपिए कलेजमा विएचएम र विआइएम

२०७६ भदौ ५, ०६:४६ कमल सावद

धनगढीमा रहेको सुदूरश्चिमाञ्चल एकेडेमी (एसपिए) ले ब्याचलर अफ होटल म्यानेजमेन्ट (विएचएम) र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (विआइएम) को औपचारिक रुपमा उद्घाटन गरेको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विएचएम र विआइएम सुरुवात गरिएको हो। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुवै शैक्षिक कार्यक्रमको उद्घघाटन गरिएको हो। 
कलेजका प्रवन्ध निर्देशक सुवास शाहीले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले दुवै शैक्षिक कार्यक्रम सञ्चालन गरिएको बताए। स्नातक तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा लिन चाहने विद्यार्थीहरूका लागि विएचएम उपयुक्त विषय  रहेको उनको तर्क छ।  दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रोजगार प्राप्ती दुवै बिषयको लक्ष्य रहेको उनले बताए। 
विएचएम विषय अध्ययन गर्न प्लस टु मा जुनसुकै विषय लिएर जिपिए १ दशमलव ८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्दछ। यसैगरी व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफटवेयर पढाई हुन्छ। विआइएमका लागि पनि जुनसुकै संकायबाट प्लस टु मा जिपिए १ दशमलव ८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्छ। कलेज व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर शाहीका अनुसार कलेजले छुट्टै सुविधा सम्पन्न भवनमा यि विषयहरुको पठनपाठन सञ्चालन हुने छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस