सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पनि हुन्डाई भेन्यू सार्वजनिक

२०७६ भदौ ५, ०६:३४ खबर संवाददाता

धनगढी स्थीत हुन्डाई सोरुमले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ। सोरुमका सञ्चालक श्याम हमालको अध्यक्षतामा भएको सार्वजनिक कार्यक्रममा प्रमुख अथिती नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमाल रहेका थिए। ३ ओटा इन्जिन अप्सनमा उपलब्ध भेन्यूको मूल्य ३४ लाख ९६ हजार देखि ५५ लाख ९६ हजारसम्म निर्धारण गरिएको सञ्चालक हमालले बताए।

१ दशमलव २ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटि टेक्नोलोजिको भेन्यूले ६ हजार आरपिएममा ८३ पिएस पावर, १.४ लिटर डिजल इन्जिन यु २ सिआरडिआइ इन्जिनले ४ हजार आरपिएममा ८० पिएस पावर र १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटी टेक्नोलोजि इन्जिनले ६ हजार आरपिएममा १ सय २० पिएस पावर जेनेरेट गर्छ।

यसमा स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोम युक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल समावेस गरिएको छ। यसको आर १६ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले अझ आकर्षक बनाएको छ। भेन्यूमा जडित प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्ट सहितको एलईडी लाइटले आकर्षक बनाएको दावी गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस