सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हिरोईनसहित २ जना पक्राउ

२०८२ चैत्र ९, ०९:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका ७ कलुवापुर बस्ने बर्ष २४ को भिम राना र सोही नगरपालिका ५ गुलरिया बस्ने बर्ष २६ को आकाश राना रहेका छन्। बेलौरी नगरपालिका–१० सडकघाटबाट खैरो हिरोईन ९ ग्राम ६५० मिलिग्राम सहित २ जनालाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९७३० नम्बरको मोटरसाइकलमा  सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि दुवै जनालाई पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस