सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैष्णव परिषद्को कैलाली जिल्ला शाखा गठन

२०८२ चैत्र ८, ०८:२८ खबर संवाददाता

धनगढी: श्री वैष्णपरिषद् नेपालको कैलाली जिल्ला शाखा गठन भएको छ। दिव्यराज लम्सालको अध्यक्षतामा आइतबार ११ सदस्यीय जिल्ला समिति गठन भएको हो।

श्री वैष्णव परिषद्का  केन्द्रीय अध्यक्ष श्री श्री देवराज आचार्य स्वामीजी महाराज एवं संस्थाका उपाध्यक्ष, संस्थाका कोषाध्यक्ष एवं अन्य पदाधिकारीहरूको उपस्थितिमा जिल्ला शाखा समिति गठन गरिएको हो।

समितिका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरूलाई श्री वैष्णव परिषद्का केन्द्रीय अध्यक्ष श्री १००८ स्वामी देवराज आचार्यसहितका आचार्यहरूले मार्गदर्शन गरेका छन्।

जिल्ला शाखाले वैष्णव परिषद्को केन्द्रीय समितिको मार्गदर्शन बमोजिम विभिन्न धार्मिक तथा सामाजिक गतिविधि गर्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस