सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भारत प्रवुद्ध समूह ईपीजीको प्रतिवेदन कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञावाली

२०७६ भदौ ५, ०६:१२ खबर संवाददाता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन कार्यान्वयन हुने बताएका छन्। भारतले प्रतिवेदन बुझ्न आनाकानी गरिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने प्रतिवेदन बुझ्ने मात्र होइन, कार्यान्वयन समेत हुने विश्वास व्यक्त गरेका हुन्। नेपाल भारत संयुक्त आयोगको बैठकबारे संसदलाई जानकारी दिँदै मन्त्री ज्ञवालीले प्रतिवेदन बुझाउने तयारी गर्न ईपीजीको सचिवालयलाई भनिएको जानकारी दिए।

दुबै देशको उपुयक्त समयमा प्रतिवेदन बुझ्ने भन्दै उनले भने, ‘सुखद संयोग यो छ कि दुबै प्रधानमन्त्रीले अघिल्लो कार्यकालमा सम्झौता गर्नुभयो र जनताले दुबै प्रधानमन्त्रीलाई प्रष्ट म्याण्डेट दिनुभयो र उहाँहरु सरकारमा हुनुहुन्छ। त्यसैले यो ईपीजीको प्रतिवेदन कार्यान्वयन हुनेमा म विश्वस्त छु ।’

कमेन्ट लोड गर्नुस